arrow

वाम एकताको नेतृत्व

नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड, माधव सहसंयोजक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
madhav-prachanda-19.jpg

काठमाडौं। माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दश वामपन्थी पार्टीहरूबीच एकता भएपछि नवगठित 'नेपाली कम्युनिष्ट पार्टी' को संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन्।

बुधबार काठमाडौंमा आयोजित एकता राष्ट्रिय सम्मेलनले यो प्रस्ताव पारित गरेको हो। पूर्ववत् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई संयोजक र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सहसंयोजकमा चयन गर्न नेता महेन्द्रराय यादवले सम्मेलनमा प्रस्ताव गरेका थिए, जुन सर्वसम्मतले पारित भएको छ।

सम्मेलनले पार्टीको नेतृत्व चयनसँगै आन्तरिक विधान र घोषणापत्र पनि पारित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ