arrow

भुसालको राजनीतिक नेतृत्वमाथि कटाक्ष

२० वर्षमा सबै बदलियो, नेतृत्व जस्ताको तस्तै: घनश्याम भुसाल [भिडियो]

राजनीतिक पार्टी र त्यसको नेतृत्वमा सुधार नभएसम्म देशको राज्य संयन्त्र सुध्रिन नसक्ने भन्दै नेतृत्व परिवर्तनको आवश्यकतामा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
ghanashayam-bush.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालको सामाजिक, आर्थिक र संवैधानिक अवस्थामा ठूला परिवर्तन आए पनि पुराना राजनीतिक दलहरूको नेतृत्व भने बदलिएर नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले संविधान, राज्य व्यवस्था, बसाईँसराई, आर्थिक गतिविधि र प्रविधि लगायतका धेरै गतिविधिले समाज नयाँ हिसाबले पुनःगठित हुँदै गएको बताए। भुसालका अनुसार गएको २० वर्षमा धेरै कुरा बदलियो, तर बदलिँदै नबदलिएको एउटा कुरा छ, त्यो हो, हाम्रा पुराना पार्टीहरूको नेतृत्व। उनले सबै चीज बदलिनुपर्ने र बदलिसकेको भए पनि पुराना पार्टीहरूको नेतृत्व सधैँभरि उही रहनु विडम्बना भएको बताए।

नेतृत्वको निरन्तरतामाथि कटाक्ष गर्दै उनले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी केन्द्रको अध्यक्ष भइरहने प्रवृत्ति हट्न नसकेको बताए। यस्तै, उनले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको भन्दै आफ्नो पार्टीको नेतृत्वमाथि पनि प्रश्न उठाए।

महासचिव भुसालले राजनीतिक पार्टी र त्यसको नेतृत्वमा सुधार नभएसम्म देशको राज्य संयन्त्र सुध्रिन नसक्ने भन्दै नेतृत्व परिवर्तनको आवश्यकतामा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ