arrow

आईसीसी विश्वकप क्रिकेट लिग–२

आज नेपाल र यूएईबीच अन्तिम प्रतिस्पर्धा

यूएई श्रृंखलाका तीन खेलमा पराजित नेपालको सान्त्वना जित हात पार्ने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
nep-uae-wcl2-25-10-30.jpg

काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली समयअनुसार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने यो स्पर्धामा सान्त्वना जित हात पार्ने नेपालको लक्ष्य रहेको छ।

यो श्रृंखलामा अमेरिका, नेपाल र यूएई सहभागी छन् र आजको खेल अन्तिम हो। यसअघि दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन्। नेपाल यसअघिका सबै खेलमा पराजित भएको छ भने यूएई एक खेलमा विजयी भएको छ।

तेस्रो खेलमा अमेरिकासँग पराजित
नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो । २७२ रनको चुनौती अमेरिकाले ४९ ओभरमै ६ विकेटको क्षतिमा पूरा गर्यो । टिमलाई ४ विकेटले जिताउने क्रममा साइतेजाा मुकम्मलले ७५ तथा मिलिन्दकुमारले ७० रन जोडे । 

५ बलमा अविजित १३ रन बनाएका हरमित सिंह प्लेयर अफ द म्याच भए । उनले ३३ रन खर्चेर ३ विकेट लिएका थिए । 

यसअघि खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै दिपेन्द्र सिंह ऐरी र करण केसीको आक्रामक ब्याटिङले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २७१ रन बनायो । दिपेन्द्रले ६७ बलमा ७५ रन बनाए । करण केसीले झनै आक्रामक खेल्दै ३१ बलमा ४९ रन जोडे । 

त्यस्तै कुशल भुर्तेलले ६५ बलमा ४७ रन जोडे । भिम शार्कीले ५८ बलमा ४३ तथा कप्तान रोहित पौडेलले ४६ बलमा ३६ रन जोडे । हर्मित सिंहले ३ विकेट लिए ।

पहिलो खेलमा नेपाल अमेरिकासँग सहजै पराजित भएको थियो । यो हारले भने नेपालको लिग-२ दुःखद हुने देखिएको छ । 

दोस्रो खेलमा यूएईसँग पराजित 
दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाल ५ विकेटले पराजित भयो । 

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा २३४ रनको चुनौती यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । आर्यान्श शर्माले ९८ बलमा ९८ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । 

 यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको शतकमा सबै विकेट गुमाएर २३३ रन  बनायो । रोहितले संयमित ब्याटिङ गर्दै १३० बलमा १०९ रन बनाए । 

उनले ३ वर्ष ७ महिनापछि एक दिवसीयमा दोस्रो शतक बनाए । यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए । 

आसिफ शेखले ३५ तथा आरिफ शेखले २७ रनको योगदान दिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए । जुनैद सिद्दिकीले ३ तथा जहिद अलीले २ विकेट लिए । 

लिग–२ मा नेपालले अहिलेसम्म उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ। 

अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो। अमेरिकाले यूएईलाई पनि चार विकेटले हराइसकेको छ। 

पहिलो खेलको नतिजा

पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईको मैदानमा भएको खेलमा नेपालले टस जिते पनि खेल हारेको छ । 

नेपाल १०६  रनको फराकिलो अन्तरले पराजित भएको हो । पहिले बलिङ नचलेको नेपालको ब्याटिङ त्यो भन्दा पनि खराब भएसँगै फराकिलो अन्तरले पराजित भएको हो । 

नेपालले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो । 

अमेरिकाका लागि ‌ओपनिङ ब्याट्सम्यान स्मित पटेलले ७५ तथा मिलिन्द कुमारले अविजित रहँदै ७० रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । 

जवाफमा नेपालले ३९.१ ओभरमात्र क्रिजमा टिकेर १५६ रन बनाउन सक्यो । दिपेन्द्र सिंह ऐरीले ४०, आसिफ शेखले ३७, भिम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए बाहेक अन्य खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको नेपालको हारको श्रृंखला अब ४-१ को अन्तरमा पुगेको छ । 

अंक तालिका
विश्वकप लिग-२ मा १९ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको ८ अंक छ । 

तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।

२४ खेल खेलिसकेको अमेरिका ३६ अङ्कसहित तालिकाको पहिलो स्थानमा रहेको छ । स्कटल्याण्ड २४ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ । 

नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छ । ओमान २० खेलबा६ २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ तथा नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ