arrow

आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
guru-nana-jayanti.jpg

काठमाडौँ। शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको आज जन्मजयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ।

गुरु नानक जयन्तीका अवसरमा राजधानीका विभिन्न स्थानमा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भन्डारा गराइने कार्यक्रम छ।

गुरु नानकको जन्म वि.सं. १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पन्जाब प्रान्तमा भएको थियो।

उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेब’ को रचना गरेका हुन्। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरूआत् उनले गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ