arrow

एमाले नेता शेर्पा बहुविवाह मुद्दामा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
pasang-sherpa-uml-multi-marriage.jpg

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । ताप्लेजुङ मिक्काखोलाका उनलाई बहुविवाह मुद्धामा मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ । 

काठमाडौँ जिल्ला अदालतले बहुविवाह कसूरमा २०७९ चैत २३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना फैसला गरेको थियो । जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए । उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ