arrow

वैकल्पिक व्यवस्था गरेरै पनि राहदानीको समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
sushila-passport-82-7-18.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छिन् ।

मन्त्रालय र विभागका अधिकारीहरूलाई मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिइन् । 

उनले राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न निर्देशन दिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ