arrow

कांग्रेस महाधिवेशनका लागि दुई प्रस्ताव [भिडियाे]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
rakashsharan-mahat-18-07.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिवेशनका लागि दुई ओटा प्रस्ताव आएको नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन् । 

मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पश्चात् उनले महामन्त्री गगन थापाले र सहमहामन्त्री महेन्द्र यादवले आफ्नो व्यक्तिगत तर्फबाट अधिवेशनका लागि प्रस्तावहरू लिएर आएको बताएका हुन् । 

उनले भने, ‘आज केन्द्रीय समितिको बैठकमा व्यक्तिगत रुपमा दुईओटा प्रस्ताव अगाडि आए तपाईंलाई थाहा छ । महामन्त्री गगन थापाले निर्वाचन अघि अधिवेशन गर्न सकिने प्रस्ताव उहाँले ल्याउनु भएको छ भने सहमहामन्त्री महेन्द्र यादवले पनि यो निर्वाचन र अधिवेशन सँगसँगै लाँदा अप्ठ्यारो पर्छ समय पनि हामीलाई पुग्दैन। क्रियाशील सदस्य अगाडि पुग्यौँ र वडादेखिको अधिवेशन चै चैतबाट शुरू गरेर बैशाख भित्रै सकौँ भन्ने उहाँहरूको प्रस्ताव थियो।’ 

नेता महतले चासो र चिन्ताका विषय, राष्ट्रिय मुद्धा धेरै भए पनि बैठकमा अधिवेशनका कुराले ज्यादा प्राथमिकता पाइरहेको बताए । 

उनले बैठकमा अझै फरक किसिमको प्रस्ताव आउन सक्ने भन्दै छलफलबाट साझा निश्कर्ष निकाल्न सक्ने बताए । 

‘हामी साझा निष्कर्षमा अझै पनि निचोड निकाल्न सक्छौँ, सर्वसहमतिका साथ निकाल्न सक्छौँ भन्ने लागेको छ। अब छलफल जारी छ अहिले यसै भन्न सकिन्छ तर हाम्रो कोसिस त्यही हुन्छ’, उनले भने । 

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बूढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आआफ्नो धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ