arrow

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगारलाई निःशुल्क गर्ने नीतिगत पहलको आवश्यकतामा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
rojgar-boad-susila.jpg

काठमाडौँ)। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र सम्मानजनक बनाउँदै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी लिनुपर्ने बताएकी छन्।

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बोर्डको अध्यक्षसमेत रहेकी प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको परिवारमा सम्मानजनक एकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन बोर्डलाई निर्देशन दिइन्।

उनले वैदेशिक रोजगारीमा जानेहरूलाई सीप सिकाएर दक्ष बनाउनुपर्नेमा जोड दिँदै वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको बताइन्।

प्रधानमन्त्री कार्कीले श्रमिक हितका लागि बोर्डले सुरु गरेको ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवा उपयोगी भएको बताउँदै सबै कल्याणकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराएर सेवाग्राहीको पहुँच बढाउन बोर्डले चालेका कदमहरू प्रशंसनीय रहेको उल्लेख गरिन्।

उनले अब वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमा नै सम्मानजनक रोजगारीका अवसरहरू सृजना गर्न, सीपमा आधारित उद्यम र पुनः एकीकरणका कार्यक्रमहरूलाई विस्तार गर्न प्राथमिकता दिनुपर्ने बताइन्। त्यसका लागि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्ययोजना तयार गरेर तदनुरूप काम गर्न निर्देशन दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ