arrow

कार्तिक नाचः नरसिंह अवतारको कथा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
`kartik-nach-narasimha-awatar (14).jpg
तस्बिर –सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी । 

ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कार्तिक डबलीमा सोमबार प्रस्तुत कार्तिक नाचको आठौँ दिनमा ‘नरसिंह अवतार’ को कथा जीवन्त रूपमा मञ्चन गरियो ।

कथाअनुसार जब विष्णुको वराह अवतारले हिरण्याक्षलाई वध गर्छन्, उसका दाजु हिरण्यकश्यपु विष्णुप्रति बदला लिन शपथ गर्छ। ऊ हिमालमा गई वर्षौँसम्म कठोर तपस्या गर्छ र अन्ततः ब्रह्माबाट वरदान प्राप्त गर्छ। हिरण्यकश्यपुको इच्छा थियो - न त उसलाई कुनै मानिसले, न जनावरले मार्न सकोस् न दिनमा, न रातमास न स्वर्गमा, न पृथ्वीमास र न कुनै अस्त्र वा शस्त्रले उसलाई क्षति पुर्‍याउन सकोस् ।

यो वरदानले उसलाई लगभग अमर बनायो र ऊ अत्याचारी शासकमा परिणत भयो। विष्णुको पूजा बन्द गराउँदै, उसले आफ्नै राज्यमा अधर्म फैलायो । तर उसको छोरा प्रह्लाद विष्णुभक्त थियो, जसको भक्ति कुनै पनि यातनाले कम हुन सकेन । क्रोधित भएर हिरण्यकश्यपुले अन्ततः प्रह्लादलाई मार्न आदेश दिन्छ र उसलाई खम्बामा बाँधेर शिरच्छेद गर्न लगाउँछ।

त्यही क्षण खम्बाबाट विष्णु नरसिंहको रूपमा प्रकट हुन्छन् - न मानव, न जनावर। संध्याकालमा (न दिन न रात), आँगनको चौतारोमा (न घरभित्र न बाहिर), उनले हिरण्यकश्यपुलाई आफ्नो मुन्टामा राख्छन् (न पृथ्वीमा न आकाशमा) र आफ्ना नङ (न अस्त्र न शस्त्र) प्रयोग गरी उसको उदर च्यातेका हुन् । यसरी ब्रह्माको वरदान उल्लङ्घन नगरी विष्णुले अधर्मको अन्त्य गर्छन् र धर्मको पुनःस्थापना गर्छन् ।

पाटन दरबार क्षेत्रको ऐतिहासिक वातावरणमा प्रस्तुत यो नाटकले नरसिंह अवतारको अद्भूत रूप, हिरण्यकश्यपुको अहंकार, र प्रह्लादको अटुट भक्ति कलात्मक रूपमा चित्रण गर्छ । यसले श्रद्धा, न्याय र सत्यको विजयको सन्देश दिन्छ । 

 

`kartik-nach-narasimha-awatar (2).jpg
`kartik-nach-narasimha-awatar (3).jpg
`kartik-nach-narasimha-awatar (4).jpg
`kartik-nach-narasimha-awatar (5).jpg
`kartik-nach-narasimha-awatar (6).jpg
`kartik-nach-narasimha-awatar (7).jpg
`kartik-nach-narasimha-awatar (8).jpg
`kartik-nach-narasimha-awatar (9).jpg
`kartik-nach-narasimha-awatar (10).jpg
`kartik-nach-narasimha-awatar (11).jpg
`kartik-nach-narasimha-awatar (12).jpg
`kartik-nach-narasimha-awatar (13).jpg
`kartik-nach-narasimha-awatar (14).jpg
`kartik-nach-narasimha-awatar (15).jpg
`kartik-nach-narasimha-awatar (16).jpg
`kartik-nach-narasimha-awatar (17).jpg
`kartik-nach-narasimha-awatar (18).jpg
`kartik-nach-narasimha-awatar (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ