सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग प्रधानमन्त्री कार्कीले गरिन् छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
989
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग छलफल गरेकी छिन् ।
सोमबार संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख २न्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी थिए ।