arrow

एमाले निर्वाचनबाट भाग्दैन - महासचिव पोखरेल

वर्तमान सरकार संवैधानिक परीक्षणमा रहेकाले चुनावको कुरा केटाकेटीपन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
shankar-pokhrel-07-17.jpg

काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने स्पष्ट पारेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले जनताको रोजाइको पहिलो पार्टी रहेकाले जनमतबाट अलग हुने कल्पना गर्न नसकिने बताए।

महासचिव पोखरेलले वर्तमान अवस्थामा तत्काल निर्वाचनको कुरा गर्नु ‘केटाकेटीपन’ हुने टिप्पणी गरेका छन्। उनले निर्वाचन गराउने सरकार नै संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था रहेकाले पहिले सर्वोच्च अदालतको फैसला के आउँछ भन्ने कुराको ठेगान नभएको बताए।

उनले भने, “चुनाव गराउने सरकारनै संवैधानिक परीक्षणबाट गुज्रिनु पर्ने अवस्था छ... केही समय पछाडि सर्वोच्चको फैसला के आउने हो त्यसले बाटो तय गर्नेवाला छ।”

पोखरेलले निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताएका छन्। उनले आम नागरिक र राजनीतिक दलहरू निर्वाचनमा सहज रूपमा सहभागी हुनसक्ने वातावरण नभएको भन्दै वर्तमान सरकार चुनावको बाटोतिर हिँडेको नदेखिएको दाबी गरे।

उनले जेन–जी पुस्ताको आन्दोलनलाई भने आकस्मिक, अस्वभाविक भूकम्प जस्तै भएको टिप्पणी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ