arrow

बस र ट्रक ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, २० बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
telangana-accident.jpg

काठमाडौँ । भारतमा सोमबार बिहान बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा २० जनाको ज्यान गएको छ ।

दुर्घटना तेलंगना रंगा रेड्डी जिल्लाको रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो  । 

सो दुर्घटनामा २० जनाको ज्यान गएको हो भने २० जना बढी घाइते भएको स्थानीय प्रहरीले बताएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दिइने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ