पृथ्वी राजमार्गको चुमखोला खण्डमा पहिरो पन्छाइयो, यातायात दुईतर्फी सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
995
Shares
काठमाडौँ। सुक्खा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना–३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।
सडक विभागको उपकरण प्रयोग गरी पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।