arrow

एमालेद्वारा ‘युथ भोलेन्टियर फोर्स’ घोषणा, महेश बस्नेत तोकिए संयोजक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
youth-force-uml.jpg

काठमाडौँ। नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘युथ भोलेन्टियर फोर्स’ नामक नयाँ संगठनको घोषणा गरेको छ। तत्कालका लागि एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई उक्त संगठनको संयोजक तोकिएको छ।

फोर्स घोषणा कार्यक्रममा संयोजक बस्नेतले एमालेले जनतासँग मिलेर इमान्दारिताका साथ समृद्ध नेपाल निर्माण गर्ने बताए। उनले पछिल्लो समय ‘अभियन्ताका नाममा समाज बिथोल्ने पात्रहरूको जन्म भएको’ आरोप लगाउँदै त्यस्ता तत्वहरूलाई युथ भोलेन्टियर फोर्सले ‘तह लगाउने’ चेतावनी दिए।

बस्नेतले जनतासँगको सम्पर्क टुट्दा रवी लामिछाने, बालेन शाह र अभियन्ताहरू जस्ता पात्रहरू उदाएको उल्लेख गर्दै उनीहरूको तीव्र आलोचना गरे। उनले भने, “हामीले बढो क्रान्तिकारी भाषण गरेर ढुङ्गा हान्दैनौँ, टायर बाल्दैनौँ, चक्का जाम गर्दैनौँ, अब समृद्ध नेपाल बनाउँछौँ... जनतासँगको लिङ्क हाम्रो टुट्यो। त्यही भएर जनताले रवी लामिछाने खोज्यो, त्यही भएर बालेन खोज्यो, त्यही भएर अभियन्ताका नाममा अनेक खालका कुपात्र समाजले खोज्यो।”

उनले थप आक्रोश पोख्दै भने, “अब यी पलाएका टुसाहरू जनताले भाच्न थालेका छन्... अब यस्ता खालका टुसाहरू भाच्ने काम युथ भोलेन्टियर फोर्सले गर्ने छ।” उनले जेन–जी (युवा पुस्ता) का नाममा विध्वंस मच्चाइएको भन्दै नेपालीहरूले सिंहदरबार जलाउन नसक्ने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ