arrow

बञ्चरेडाँडा ल्याण्डफिल साइटको अवरोध हट्याे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
fohar-gadi-82-7-14 (8).jpg

काठमाडौँ । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडी सहमति जुटेसँगै जान थालेका छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान शुरू गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

स्थानीय सरकारले पटक-पटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेका थिए ।

चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौँका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ