arrow

अवरूद्ध स्याफ्रुबेँसी-रसुवागढी खण्ड मर्मत शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
rasuwa-road-82-3-26uu.jpg

रसुवा। पाँच दिनदेखिको लगातार वर्षाका कारण अवरूद्ध स्याफ्रुबेँसी-रसुवागढी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग पुनःसञ्चालनका लागि मर्मत शुरू भएको छ ।

भारी वर्षाका कारण सडकका दर्जनौँ स्थानमा क्षति भई यातायात सञ्चालनमा अवरूद्ध भएको थियो ।

सडक विभागकै स्वामित्वमा रहेको डोजरको सहायताले अन्तर्राष्ट्रिय राजमार्गको मर्मत सुरू गरिएको गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।

उनका अनुसार पाँच दिनमा मर्मत सम्पन्न गर्ने लक्ष्यका साथ यही कात्तिक १५ गतेदेखि डोजर परिचालन गरिएको हो ।

गत असार र साउनको वर्षाले क्षति बनाई पुनःसञ्चालनमा ल्याएपश्चात् कात्तिकको वर्षाका कारण सडकमा फेरि क्षति पुगेको थियो ।

ठाडो खोलाले खोलेर जग उतारेको कुलुङखोला पुलको जगमा सिमेन्टको कङ्क्रिट भर्ने काम भने सम्पन्न गराइसकेको सडक सुधार आयोजनाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ