arrow

संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्न एमाले सचिवालय बैठकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
uml-sachibalaya-82-7-15.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा भइरहेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक भइरहेको हो । 

उनले आजको बैठकमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताए । 

एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । 

    यस्तै आजको बैठकले महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड बनाउनुका साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ