arrow

नयाँ बाटोमा बालेन–घिसिङ

बालेन–कुलमान–सुमना नेतृत्वमा नयाँ दल दर्ताको तयारी अन्तिम चरणमा

रास्वपाका असन्तुष्टदेखि जेन–जी प्रतिनिधि र कलाकारसम्म नयाँ वैकल्पिक दलमा जोडिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
balen-kulman-sumana-82-7-15.jpg

काठमाडौँ । जेन–जी आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन), ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र पूर्व सांसद सुमना श्रेष्ठ नेतृत्वमा नयाँ दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

बालेन, घिसिङ र सुमनाको कोर टिमबीच हाल दैनिक छलफल भइरहेको स्रोतले जनाएको छ। घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा भाग लिन दिल्लीबाट स्वदेश फर्किसकेका छन् । अबको केही दिनमै नयाँ दल दर्ता र पदाधिकारी घोषणा हुने बताइएको छ।

रविसँग सहकार्य असफल, नयाँ बाटोमा बालेन–घिसिङ

शुरूमा बालेन–घिसिङ समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मिलेर जाने प्रयास गरेको थियो। तर, सभापति रवि लामिछानेले आफू नेतृत्वमा बस्ने अडान लिएपछि त्यो योजना असफल भएको स्रोत बताउँछ ।

लामिछानेले बालेन स्वयं नेतृत्व गर्न आए सभापति छाड्ने, तर बाहिरका नेताका लागि पद नछाड्ने सन्देश पठाएपछि बालेन र रास्वपाबीचको संवाद रोकिएको हो।

बालेन समूहले घिसिङलाई रास्वपाको सभापति बनाउने प्रस्ताव गरेको थियो, तर लामिछानेले त्यो अस्वीकार गरे।

असन्तुष्ट रास्वपा, स्वतन्त्र मेयर र कलाकार पनि सहभागी हुँदै

स्रोतका अनुसार नयाँ पार्टीमा रास्वपाका असन्तुष्ट नेताहरू तोसिमा कार्की, गणेश कार्की, मुकुल ढकाल लगायत समेटिने तयारी छ। त्यस्तै, हालका जेन–जी आन्दोलनका प्रतिनिधिहरू, पुराना विवेकशील–साझा पार्टीका कार्यकर्ताहरू, र नेपाली कांग्रेस तथा एमाले छाडेका युवा नेताहरू समेत नयाँ दलमा जोडिँदै छन् ।

विशेषतः जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेलेका कलाकार निश्चल बस्नेतलगायत केही सांस्कृतिक अभियन्ताहरूलाई पनि नयाँ दलमा समेट्ने तयारी भइरहेको बुझिएको छ ।

धरानका मेयर हर्क साम्पाङ, नेपालगन्जका मेयर गोपी हमाल र जेन–जी अभियन्ता मिराज ढुंगाना समूहसँग पनि छलफल जारी रहेको स्रोत बताउँछ।

बालेनको कोर टिम सक्रिय, संगठन संरचना तयार हुँदै

बालेनले आफ्ना नजिकका सहयोगीहरू कुमार बेन, सुमना श्रेष्ठ, भुपदेव शाह र सन्तोष गिरीलाई संगठन संरचना र नीति निर्माणको जिम्मा दिएका छन्। सन्तोष गिरीलाई संगठन विभागको प्रमुख बनाउने प्रस्ताव अघि सारिएको छ।

बालेन जनप्रतिनिधिको हैसियतले प्रत्यक्ष रूपमा दल सञ्चालनमा नदेखिए पनि आफ्ना नजिकका नेतामार्फत रणनीति तय गर्दै छन् ।

स्रोतका अनुसार नयाँ दलले जेन–जी आन्दोलनको विचार, सुशासन, पारदर्शिता र युवाको नेतृत्वलाई मूल एजेन्डा बनाउनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ