arrow

भित्र्याउने बेलाको धानबालीमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
dhan-kheti-nas.jpg

सर्लाही । बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पुर्याएको छ ।

तिहारलगत्तै भित्र्याउने तयारीमा रहेका किसान अहिले फलेको धान खेतमै नष्ट भएपछि चिन्तित बनेका छन् ।

कोडैनाका किसानका अनुसार खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबेको छ भने अझै नकाटिएका बालीमा पनि बाला झर्ने समस्या देखिएको छ।

‘धान काटेर घरमा ल्याउने तयारीमा थियौँ, तर वर्षाले सबै भिजायो,’ एक किसानले दुखेसो पोख्दै भने, ‘धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो।’

जिल्लाका विभिन्न ठाउँ अहिले जलमग्न छन् । लगातारको वर्षाले खेतबारीमा पानी थामिन नसकेपछि धान भित्र्याउने काम रोकिएको किसानहरू बताउँछन् । 

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुश्वाहाका अनुसार बेमौसमी वर्षाले विशेषगरी काटेर सुकाउन राखिएको धानमा बढी क्षति पुर्याएको छ ।

उनका अनुसार खेतमै डुबानमा परेका बाली पुनः उपयोग गर्न कठिन हुने भएकाले किसानलाई ठूलो नोक्सानी बेहोर्नुपर्ने स्थिति छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ