arrow

एआईजी अधिकारी इन्टरपोल महासभामा भाग लिन मोरक्को जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
aig-rajan-adhikari.jpg

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी ९३ औं इन्टरपोल महासभामा सहभागी हुन मोरक्को जाने भएका छन् । 

आगामी मंसिर ८ गतेदेखि हुने इन्टरपोल महासभाका लागि अधिकारीको भ्रमणलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो ।

यसअघि यस्ता महासभामा प्रहरी महानिरीक्षक (आईजीपी) लाई नै पठाउने गरिएकामा वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ यही कात्तिक २६ गते  अनिवार्य अवकाश लिएर घर जाने भएसँगै एआईजी अधिकारीको नाम टुंगो लागेको हो । 

एआईजी अधिकारी आईजीपीको दौडमासमेत रहेकाले त्यतिन्जेल उनी नै आईजीपीको हैसियतमै मोरक्को जाने सम्भावना पनि छ । 

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण खापुङ २६ कात्तिकको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् ।

उनी दुई महिनामात्र आईजीको फुली लगाएर अवकाशमा जान लागेका हुन् । 

उनको छोटो कार्यकाल भने विवादरहित बन्न सकेन । जेन-जी आन्दोलनलाई दबाउन प्रहरीले एकै दिन १९ जेन-जी मारेको आरोपको भारी उनैले बोक्नेछन् । 

प्रहरीले जिम्मेवारीसमेत ननिभाइ भागेकोसमेत आरोप छ । यसको सत्यतथ्य छानबिन भने अझै हुन सकेको छैन । 

जेन-जीको हिंश्रक र अनियन्त्रित आक्रमणको सामना नगरी प्रहरी विचलित भएको हो । जुन ठाउँमा प्रहरीले आफ्नो भूमिका खेल्न खोजेको थियो त्यहाँ जेन-जीले प्रहरीमाथि नै जाइलागेर निर्मम हत्यासमेत गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ