arrow

तोलामा दुई हजार सात सयले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । तिहारदेखि लगातार घटेको सुनको भाउ शुक्रबार बढेको छ । शुक्रबार एकै दिनमा तोलामा दुई हजार सात सय रुपैयाँले बढेको हो । 

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुईलाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँ रहेको थियो । सुनको भाउ गत असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला दुई लाख ५८ हजार कायम भएको थियो ।

यस्ता, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला दुई हजार नौ सय ८० रुपैयाँ कायम भएको चाँदी आज तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ हालसम्मकै सबैभन्दा धेरै गत असोज ३१ मा तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ