arrow

अफगान तालिबानसँग पाकिस्तानमा पुनः वार्ता हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
pakistan-afghanistan-flag.jpg

काठमाडौँ । अफगान तालिबान र आयोजक देशको अनुरोध पछि पाकिस्तानले टर्कीको इस्तानबुलमा अफगान तालिबानसँग वार्ता प्रक्रिया पुनः शुरू गर्न सहमत भएको पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै बिहीबार सिन्ह्वाले जनाएको छ ।

स्रोतले पाकिस्तानी प्रतिनिधिमण्डल, वार्ताका लागि इस्तानबुलमा रहने बताएको छ ।

“शान्तिलाई अर्को मौका दिन वार्ता प्रक्रिया पुनः शुरू गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।

आगामी चरणको वार्ताले अफगानिस्तानले आफ्नो भूमिबाट सञ्चालित आतङ्कवादी समूहहरू विरुद्ध स्पष्ट, प्रमाणित र प्रभावकारी कारबाही गर्नुपर्ने पाकिस्तानको मुख्य माग रहेको जनाइएको छ ।

पाकिस्तानका सूचना तथा सञ्चार मन्त्री अत्ताउल्लाह तारारले बुधबार इस्तानबुलमा आयोजित पाकिस्तान-अफगानिस्तान वार्ता असफल भएको बताएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ