arrow

सभामा बोल्दै गर्दा ढलेका मजदुर नेताको निधन

विद्युत् कटौतीको विरोधमा आक्रोशित हुँदै राख्दै थिए मन्तव्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
kamal-gautam-2.jpg

काठमाडौँ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको आज भैरहवामा निधन भएको छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु भएको हो।

सम्बोधनका क्रममा विद्युत् कटौतीका कारण २५ हजार श्रमिकको रोजगारी गुमेको र उद्योगी व्यवसाय धरापमा परेको भन्दै उनी आक्रोशित देखिएका थिए। 

सोही क्रममा उनी भुइँमा ढलेका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्दा आक्रोशित बनेका थिए । सोही क्रममा उनको बोली लरबरिएको थियो । सो क्रममा उनले ‘अतः यो कारणले’ भन्ने शब्द प्रयोग गरेका थिए । गौतम हृदयघातका भएर ढलेका थिए ।

बुटवल ज्योतिनगरका ६२ वर्षीय गौतमलाई ढलेलगत्तै नजिकको अस्पताल पुर्‍याइए पनि उनको निधन भइसकेको घोषणा गरिएको थियो। 

प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा प्रतिनिधित्व गरेका थिए । 

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ