arrow

बढ्दै सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब नाघ्यो

जीडीपीको ४४.६६१ प्रतिशत पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
sarbajanik-rin.jpg

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालको कुल सार्वजनिक ऋण दायित्व बढेर रु २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ। चालू आर्थिक वर्षको आश्विन मसान्तसम्ममा यो दायित्व कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत हुन आउँछ।

चालू आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा आश्विन मसान्तसम्ममा थप रु ५० अर्ब ६० करोडले वृद्धि भएको कार्यालयले जनाएको छ। कुल सार्वजनिक ऋणमध्ये आश्विन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको छ।

कार्यालयका अनुसार, चालू आर्थिक वर्षमा जम्मा रु ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा आश्विन मसान्तसम्ममा रु १ खर्ब ८४ करोड ऋण प्राप्ति भएको छ। यो वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत मात्र हो। यसरी प्राप्त भएको कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८९.२४ प्रतिशत र बाह्य ऋणको हिस्सा १०.७६ प्रतिशत रहेको छ।

यसैगरी, चालू आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा रु ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्ममा रु १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भएको छ। यो वार्षिक बजेट विनियोजनको आधारमा २६.७४ प्रतिशत हो, जुन कुल गार्हस्थ्य उत्पादनको आधारमा १.८० प्रतिशत हुन आउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ