arrow

रसले छाडे नेपाली राष्ट्रिय फुटबल टिम, आठ महिनामा नेपालले सात खेल खेल्यो, एउटा जित्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
matt-ross.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याथ्यु बेरी रोस (म्याट रस) ले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रोसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रोसले करिब आठ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईको जानकारी दिए । के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने उनले बताए । 

आठ महिनामा रोसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो ।

रोसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ