arrow

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला मूल्य दुई लाख ३६ हजार तीन सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन बुधबार पनि सोही मूल्यमा कारोबार  भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहबार असली चाँदीको भाउ प्रतितोला दुई हजार नौ सय ८० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन बुधबार चाँदी प्रतितोला दुई हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ