arrow

ट्रम्पको चेतावनी बेवास्ता गर्दै रूसद्वारा केही दिनमै दोस्रो आणविक परीक्षण

रुसद्वारा आणविक शक्तिबाट चल्ने 'पोसाइडन' पनडुब्बीको परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
trump-putin4.jpg

काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले केही दिनभित्रै दोस्रो पटक नयाँ आणविक प्रणालीको परीक्षण गरेको बुधवार घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै रुसले आइतबार आणविक क्षमताको क्रुज क्षेप्यास्त्र 'बुरेभेस्टनिक' परीक्षण गरेको लगत्तै अर्को परीक्षण गरेको हो।

युक्रेनमा घाइते भएका रुसी सैनिकको उपचारमा संलग्न सैनिक अस्पतालको भ्रमणका क्रममा पुटिनले भने, "हिजो भविष्यको अर्को सम्भावित आणविक प्रणालीको अर्को परीक्षण गरिएको छ। मानवरहित पानीमुनि मार हान्न मिल्ने उपकरण 'पोसाइडन' मा आणविक ऊर्जा एकाइ पनि जडान गरिएको छ।"

रुसी नेता पुटिनका अनुसार यो टोरपिडो ड्रोन रोक्ने कुनै उपाय छैन र यो परम्परागत पनडुब्बीहरूभन्दा उच्च गतिमा यात्रा गर्न सक्छ तथा विश्वको कुनै पनि महाद्वीपमा पुग्न सक्छ। पुटिनले 'पोसाइडन' को गति र गहिराइमा डुब्ने कार्यको बराबरी कुनै पनि देशले गर्न नसक्ने र निकट भविष्यमा त्यस्तो हुने सम्भावना पनि नरहेको बताए। रुसी सैन्य औद्योगिक क्षेत्रको एक स्रोतका अनुसार, यो उपकरण एक किलोमिटरभन्दा बढीको गहिराइमा काम गर्न सक्छ र समुद्रमा ७० सम्मको गतिमा यात्रा गर्न सक्ने क्षमताका कारण यसलाई पत्ता लगाउन सकिँदैन। सन् २०१८ मा पहिलो पटक परीक्षण गरिएको यो उपकरणले दुई मेगाटनसम्मको परमाणु हतियार बोक्न सक्ने क्षमता रहेको स्रोतले जनायो।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको यो अभ्यास 'उपयुक्त' नभएको बताएका छन् र पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्। ट्रम्पले "क्षेप्यास्त्र परीक्षण होइन युद्ध अन्त्य गर्नुपर्छ" भन्ने जिकिर गरेका छन्। उनले रुसी नेताले द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न अनिच्छुक देखिएको भन्दै गत हप्ता पुटिनसँग हुने भनिएको शिखर सम्मेलनलाई रद्द गरिएको बताएका थिए। सन् २०१८ मा पश्चिमा विरोधी भाषणका क्रममा पुटिनले पहिलो पटक रुसले बुरेभेस्टनिक र पोसिडोनको विकास गरेको घोषणा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ