arrow

केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति खड्काले गरे गुट भेला

बैठक बस्नुभन्दा अघिल्लो दिन संस्थापन पक्षको छुट्टै छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
guut-bhela.jpg

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नुभन्दा अघिल्लो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षका नेताहरूसँग छुट्टै छलफल गरेका छन्।

ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा भएको उक्त छलफलमा संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीसहित करिब ७५ जना नेताहरूको सहभागिता थियो।

छलफलले पार्टीलाई अब महाधिवेशनका एजेन्डामा भन्दा पनि आगामी फागुन २१ गते तोकिएको चुनावमा केन्द्रित गर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाले कार्यवाहकको जिम्मेवारी दिएपछि खड्काले निरन्तर संस्थापन पक्षको भेला राख्दै आएका छन्।

यता, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको इतरपक्षले भने मङ्सिरभित्र नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ। यदि आजको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोके इतरपक्षले छुट्टै भेला गर्ने तयारी गरेको समेत बताइएको छ।

बैठक आजदेखि फेरि निरन्तर हुने भएको छ । यो बैठकलाई नियमित महाधिवेशन वा विशेष महाधिवेशनको मिति तोक्ने बाध्यता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ