सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनु हुँदैन र बन्द गरिन्न : सञ्चारमन्त्री खरेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
980
Shares
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालहरू कहिल्यै पनि बन्द नहुने र बन्द नगरिने कुरा स्पष्ट पारेका छन्।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरूसँगको छलफलमा बोल्दै उनले सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै यस्तो स्पष्ट पारेका हुन्।
मन्त्री खरेलले भनेका छन्, “सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुदैन र बन्द गरिदैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु। नयाँ मूलधारको मिडियाको रूपमा रहेका सामाजिक सञ्जालहरू कहिले पनि बन्द हुनु हुँदैन, बन्द गरिने छैन। कुनै पनि सञ्चार माध्यम समेत बन्द नगरिने व्यहोरा स्पष्ट पार्न चाहन्छु।”
उनले सामाजिक सञ्जाललाई नियमन गर्दै व्यवस्थित र जिम्मेवार बनाउनु आफ्नो प्राथमिकता रहेको पनि बताएका छन्।