ओली सामु आत्मसमर्पण गर्नेहरूले मात्रै नेकपा एसको औचित्यमाथि प्रश्न उठाए: माधव नेपाल [भिडियो]
ओली नेपालकै सबैभन्दा अहंकारी प्रधानमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
1.1k
Shares
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली सामु आत्मसमर्पण गर्नेहरूले मात्रै नेकपा एस (एकीकृत समाजवादी) बनाउनुको औचित्य पुष्टि नभएको भन्ने तर्क गरिरहेको बताएका छन्।
काठमाडौंमा बुधवारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै उनले नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी खोल्ने कुराको औचित्य थिएन भन्नु भनेको 'केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्नेकुरा बाहेक अरु केही हुन नसक्ने' उल्लेख गरे।
उनले भने, “सत्तामा बसेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्युत गर्ने काम भयो। पार्टी सञ्चालनको उनको तरिकाको बारेमा हामी सबै भुक्तभोगी पनि भएका छौं।” ओली प्रवृत्ति मञ्जुर नभएकै कारण देशभरका कार्यकर्ताहरूको चाहना र तयारीमा नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपरेको उनले स्पष्ट पारे।