काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन-असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।
विभागका अनुसार आव २०८२/८३ को असोजसम्म एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ ।
यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।
गत आव २०८१/८२ को सोहि अबधिमा नेपालबाट एक अर्ब २६ करोड २१ लाख सात सय ८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो ।
नेपालबाट निर्यात हुने मुख्य वस्तुमध्ये अलैंची पनि पर्दछ ।
विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४दशमलव९६ प्रतिशतले घटेर ८६दशमलव५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०दशमलव४७ प्रतिशतले बढेर १३दशमलव४६ प्रतिशतमा पुगेको छ ।