काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौरस्थित कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ८.६४ गुणाले बढी हो ।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ ।
कम्पनीको शेयर १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन भने १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।