निर्वाचनको वातावरण बनाउन बालुवाटारमा सरकार, दल र 'जेन-जी' बीच त्रिपक्षीय बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
994
Shares
तस्बिर फाइल
काठमाडौं । निर्वाचनको वातावरण तयार गर्ने उद्देश्यका साथ आज सरकार, प्रमुख राजनीतिक दल र 'जेन-जी'का अगुवाहरूबीच त्रिपक्षीय बैठक बस्ने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलका अनुसार आज बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा यो महत्वपूर्ण त्रिपक्षीय बैठक बस्न लागेको हो।
बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दलका प्रतिनिधिहरू र जेन-जीका तर्फबाट ८ देखि ९ वटा समूहका अगुवाहरू सहभागी हुनेछन्।
सरकार र राजनीतिक दलहरूबीच यसअघि पनि पटकपटक बैठकहरू बसिरहेका छन्। पछिल्लो पटक कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।