जेन-जी युवालाई एकतावद्ध बनाउन पहल गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण [भिडियाे]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
1.3k
Shares
काठमाडौँ । ‘जेन-जी युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।
मंगलबार सिंहदरबारमा जेन-जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यसहित युनाइटेडका प्रतिनिधिले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।
छलफलमा सहभागी जेन-जी युनाइटेडका प्रतिनिधिले जेन-जी युवालाई एकतावद्ध राख्नका लागि सरकारको तर्फबाट पहल गर्न माग गरेको बताएका छन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जेन-जी युनाइटेड फर परिवर्तनकी एक प्रतिनिधिले देशभरका जेन-जी युवाहरुको एकताका लागि पहल गरिदिन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाएको बताए ।
उनले जेन-जी आन्दोलनको माग र मर्मअनुसार मुलुकलाई अगाडि बढाउन देशभरका जेन-जीहरू एक हुन आवश्यक रहेकोले सो अभियान जेन-जी युनाइटेड अभियान चलाइरहेको पनि बताइन् ।
उनले जेन-जी समूहहरुलाई एकतावद्ध गर्न सरकारको तर्फबाट आवश्यक पहल गर्ने कुरामा प्रधानमन्त्री कार्की सकारात्मक रहेको पनि बताइन् ।
उनले भनिन्, ‘हामीले जेन-जी युवाहरूको एकताका लागि पहल गर्न भनेर जुन अपिल लेटर तयार पारेका थियौं त्यो लेटर प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइसकेका छौँ । उहाँबाट पनि सकारात्मक प्रतिक्रिया नै आएको छ । जनेजी पुस्तालाई युनाइटेड गर्नको लागि उहाँले पहल गर्नुहुनेछ भन्नेकुरामा हामी अझै पनि आशावादी नै छौँ । हाम्रो माग पूरा गर्नका लागि सरकारले पहल गर्नेछ भन्ने आशा लिएका छौँ । यदि हाम्रो माग पूरा भएन भने फेरी मुलुकले अर्कै मोड लिनेछ । सबै जिल्लाका जेन-जी युवाहरू युनाइटेड भएर आउनुपर्छ र त्यसका लागि सरकारले वातावरण निर्माण गर्न सहयोग गर्नुपर्छ भन्ने नै हाम्रो मुख्य माग हो ।’
जेन-जी युनाइटेडले जेन-जी समूहहरुको एकताका लागि खबरदारी गर्दै आएको छ ।