‘द गेम अफ लुसिफर’ भन्दै बमको १० सेकेण्डको पत्रकार सम्मेलन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
1k
Shares
काठमाडौँ । नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ ।
मंगलबार बिहान संगीत बम नामक युवक रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनका लागि पुगे ।
पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मी ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।
पत्रकार सम्मेलन गर्न लागेका बमले ‘द गेम अफ लुसिफर’ भन्दै सांकेतिक विरोध स्वरुप पत्रकार सम्मेलन गरे ।
आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर दुई औंला ठड्याए र बाँकी औँला खुम्च्याएर विरोध जनाए ।
समाचार बनाउन उनले पत्रकारलाई जिम्मा दिए । यसमा कुनै प्रतिक्रिया दिएनन् । पत्रकार सम्मेलन त्यत्तिकै सकियो ।
फोटोमा देखिए जस्तै सेतो परम्परागत पोशाकमा सजिएका बम दाहिने हातमा भी साइन (भिक्ट्री वा शान्ति चिन्ह) देखाउँदै मञ्चमा उभिएका थिए ।
यो इसारा र सम्मेलनको समग्र शैलीले पनि नेपालको वर्तमान राजनीतिको विद्रोही स्वरलाई प्रतिविम्वित गर्दछ ।
युवा प्रदर्शनहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा निम्त्याएपछि संगीत बमले भी साइनलाई लडाईंको पहिलो जितको प्रतीकका रुपमा चिन्हित गरेका छन् ।
भी भनेको भिक्ट्री होइन यो युवा शक्तिको आवाज हो । जसले पुरानो व्यवस्थालाई धुलोमा मिलाउने उनको संकेत रहेको बुझ्न सकिन्छ ।
काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनको नेतृत्वमा युवा गठबन्धनलाई समर्थन गर्दै उनले अन्तरिम सरकारको आलोचना गरेका छन् ।
केहीले बालेनलाई लुसिफरको संज्ञा दिँदै आएका छन् । यो उनको युवा विद्रोहको प्रतीक हो । भी साइनले शान्तिपूर्ण विजयको संकेत गर्दछ ।