arrow

इजरायली ड्रोन आक्रमणबाट हिज्बुल्लाह कमाण्डरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
isreal-labnan-atack.jpg

काठमाडौँ । लेबनानी र इजरायली स्रोतहरूकाअनुसार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा हिज्बुल्लाहका एक कमाण्डरको मृत्यु भएको छ । 

अर्का एक व्यक्ति घाइते भएका छन् । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि हमलाले नाबाटीह क्षेत्रको हारुफ-जिबचित सडकमा रहेको प्राथमिक विद्यालय नजिकैको कारलाई लक्षित गरेको थियो । 

जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र अर्का एक घाइते भएको बताएको छ । 

जबकि लेबनानी सेनाको गुप्तचर स्रोतले मृतकको नाम जेन फुतौनी रहेको बताएको छ । जो हलौसियाह शहरका हिज्बुल्लाहको एलिट रडवान फोर्सका कमाण्डर थिए । 

इजरायल रक्षा बलले एक विज्ञप्तिमा हमलाको पुष्टि गर्दै भन्यो कि फुतौनी रडवान फोर्सका एक एन्टी-ट्याङ्क कमाण्डर थिए । जो हालै दक्षिणी लेबनानमा हिज्बुल्लाहको सैन्य पूर्वाधार पुनर्स्थापित गर्ने प्रयासमा संलग्न थिए । 

हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम नोभेम्बर २७, २०२४ देखि लागू भएको छ । जसले गाजा युद्धबाट शुरू भएको झडपलाई धेरै हदसम्म रोकेको छ । 

इजरायली सेनाले लेबनानमा बेलाबेलामा आक्रमणहरू जारी राखेको छ । हिज्बुल्लाहविरुद्धको कारबाहीलाई धम्की भन्दै लेबनानी सीमामा पाँच मुख्य स्थानमा सेनालाई कायम राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ