तोलाको साढे ५३ हजार पुगेको सुन दुई दिनमा १३ हजार छ सय घट्यो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
1.1k
Shares
काठमाडौँ । नेपाली बजारमा तिहारपछि सुनको भाउ निरन्तर घट्न थालेको छ । तिहारअघि छापावाला सुन दुई लाख कात्तिक ३ गते दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
तिहारपछि आइतबार तोलामा ११ हजार छ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ४१ हजार नौ सय सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तुलनामा सोमबार पनि तोलामा दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजार पुगेको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज दुई हजार नौ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।
चाँदीको भाउ गत असोज ३१ गते प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।