स्वास्थ्य मन्त्रीको दाबीः जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
1.1k
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नभएको आफूले पाएको दाबी गरेकी छिन् ।
आइतबार मात्र शिक्षा मन्त्रीमा नियुक्त भएकी शर्माले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गरेपछि यस्तो दाबी गरेकी हुन् ।
उनले अवलोकनका क्रममा जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
आफू टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न गएको भन्दै उनले टिचिङ जेनजी आन्दोलनमा घाइते भएका तीन जना उपचार रहेको जानकारी दिइन् । उनीहरूको राम्रोसँग उपचार भइरहेको मन्त्री शर्माको दावी छ ।
उनका अनुसार तीन जनामध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ ।
आन्दोलनका घाइतेहरूलाई भेटेपछि मन्त्री शर्मा गौतमले समवेदना व्यक्त गर्दै भनिन्, ‘यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ ।’
उनले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।