काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएको छ ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयले उक्त सिफारिस गरेको हो । सचिवालयको आइतबारको बैठकले नेपाल प्रहरी जनपद समूह तर्फका पाँच एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको सिफारिस हुनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभि नारायण काफ्ले छन् ।
उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीको हस्ताक्षरमा रहेको सिफारिस पत्रमा उल्लेख छ ।