अमेरिका र चीनबीच दुर्लभ खनिज र भटमास खरिद्मा सम्झौताको सङ्केत
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
2.4k
Shares
काठमाडौँ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनले दुर्लभ खनिजहरूको निर्यात प्रतिबन्धलाई ढिलाइ गर्न र अमेरिकी भटमास खरिद पुनः सुरु गर्न अस्थायी सम्झौताका लागि सहमति नजिक पुगेको आइतबार बताएका छन्।
यो सम्झौता भएमा अमेरिकाले चीनलाई लगाउने भनेको ठूलो कर वृद्धिलाई रोक्न सकिने सङ्केत पनि बेसेन्टले दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ मा चीनले दुर्लभ खनिजको विश्वव्यापी निर्यात नियन्त्रण गरेमा चीनविरुद्ध १०० प्रतिशत कर बढाउने चेतावनी दिएका थिए। बेसेन्टले एबीसीको ‘दिस विक’ सँग कुरा गर्दै भने, "मलाई लाग्छ कि हामीले यसलाई रोक्यौं, यो सङ्कट हाललाई टरेको छ।"
बेसेन्टका अनुसार, चीनले दुर्लभ खनिजको निर्यात प्रतिबन्धलाई एक वर्षको लागि ढिलाइ गर्नेछ भने अमेरिकाले अवस्थालाई पुनः जाँच गर्नेछ र पछि निर्णय लिनेछ।
बेइजिङले क्वालालम्पुरमा उपप्रधानमन्त्री हे लिफेङसँगको अमेरिकी प्रतिनिधिमण्डलसँगको वार्तामा व्यापार विवाद कम गर्ने सहमतिका लागि ‘पर्याप्त’ कृषि सामग्रीको खरिद गर्न सहमति जनाएको छ, तर सम्झौतामा हस्ताक्षर भने भइनसकेको जनाइएको छ।