जेन–जी आन्दोलनपछि छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
1.1k
Shares
फाइल तस्बिर
काठमाडौँ । सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन पेस भएको छ ।
आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर अधिवक्ता विपिन ढकालले आज दायर गरेको रिट निवेदनमा आयोगका पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नभएको उल्लेख गरिएको छ ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले आयोगविरुद्ध रिट निवेदन पेस भएको र अध्ययनका क्रममा रहेको जानकारी दिए ।
सरकारले ‘जेन–जी’ प्रदर्शनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।