arrow

काभा कप भलिबलमा नेपाल अफगानिस्तानसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
nepal-kava-volleyball.jpg

काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ ।

ढाकामा आइतबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो ।

अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५-१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो सेटमा २५-१७ र तेस्रो सेटमा २५-२१ ले पराजित भएको हो । 

चौथो खेलमा नेपालको यो तेस्रो हार हो । नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरको थियो । त्यसअघि नेपाल पहिलो खेलमा ताजिकिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ