arrow

विश्वकप लिग-२

अमेरिकाविरुद्ध नेपालको चलेन ब्याट-बल, टस जित्यो खेल हार्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
nep-usa-odi-25-10-26.jpg

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईको मैदानमा भएको खेलमा नेपालले टस जिते पनि खेल हारेको छ । 

नेपाल १०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पहिले बलिङ नचलेको नेपालको ब्याटिङ त्यो भन्दा पनि खराब भएसँगै फराकिलो अन्तरले पराजित भएको हो । 

नेपालले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो । 

अमेरिकाका लागि ‌ओपनिङ ब्याट्सम्यान स्मित पटेलले ७५ तथा मिलिन्द कुमारले अविजित रहँदै ७० रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । 

जवाफमा नेपालले ३९.१ ओभरमात्र क्रिजमा टिकेर १५६ रन बनाउन सक्यो । दिपेन्द्र सिंह ऐरीले ४०, आसिफ शेखले ३७, भिम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए बाहेक अन्य खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको नेपालको हारको श्रृंखला अब ४-१ को अन्तरमा पुगेको छ । 

दोस्रो खेलमा नेपालले कात्तिक १३ गते बिहीबार यूएईसँग भिड्ने तालिका छ ।

विश्वकप लिग-२ मा १३ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको ६ अंक छ । 

तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।

२१ खेल खेलिसकेको अमेरिका ३० अङ्कसहित तालिकाको पहिलो स्थानमा पुगेको छ । 

टी-२० विश्वकपमा स्थान बनाइसके पनि लिग-२ मा भने नेपालले संघर्ष गरिरहेको छ । नेपालको गत सिजन भन्दा खराब खेल चलिरहेको छ । २४ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ भने नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छ । 

ओमान २० खेलबा६ २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ तथा नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ