खेलकुद मन्त्री गुप्ताले गरे पदबहाली, सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
16.3k
Shares
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गरेका छन् । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे ।
उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन–जी आन्दोलनका अगुवासमेत हुन् ।
उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निःशुल्क खाना खुवाउने अभियान चलाएका थिए । त्यसैगरी उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका छन् ।
खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयको तुलनामा सबैभन्दा कमजोर मन्त्रालय मानिन्छ ।