arrow

विश्वकप लिग-२

नेपाल र अमेरिका मैदानमा, टस जितेर नेपाल बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
nep-usa-odi-25-10-26.jpg

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ  । दुबईको मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । 

लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो । 

पछिल्ला चार भिडन्तमा नेपालले तीन खेल जित्दा एक खेल हारेको छ । अमेरिकाले पनि तीन खेल जित्दा एक खेल हारेको छ । 

आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको छ । 

नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।

दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार यूएईसँग भिड्ने तालिका छ ।

विश्वकप लिग-२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको ६ अंक छ । 

तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।

२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

टी-२० विश्वकपमा स्थान बनाइसके पनि लिग-२ मा भने नेपालले संघर्ष गरिरहेको छ । नेपालको गत सिजन भन्दा खराब खेल चलिरहेको छ । २४ खेलबाट ३० अंकसहित स्कटल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छ । 

ओमान २० खेलबा६ २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ तथा नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ