काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकार विस्तार भएको छ । चार मन्त्री थपिएका हुन् । शपथ दिउँसो साढे २ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी हुन् । डा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री हुने भएका छन् ।
योसँगै मन्त्रिपरिषद् १२ सदस्यीय हुने भएको छ । यसअघि आठ सदस्यीय थियो ।