arrow

दुर्लभ खनिजमा चीनको प्रतिबन्धपछि ईयू निर्भरता अन्त्य गर्ने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
urusula-eu-europe.jpg

काठमाडौँ। बेइजिङले धेरै प्रमुख क्षेत्रहरूमा आवश्यक खनिजको निर्यातमा थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै युरोपेली सङ्घ (ईयू) ले चीनबाट हुने दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनल ले शनिबार बताएकी छन्।

विश्वको सबैभन्दा धेरै दुर्लभ खनिज उत्पादन गर्ने मुलुक चीनले खनिज प्रविधिको निर्यातमा लगाएको नयाँ नियन्त्रणका कारण युरोपेली सङ्घका केही कम्पनीहरूलाई उत्पादन रोक्न बाध्य पारेको र उनीहरूलाई आर्थिक नोक्सान पुगेको ईयूले बताएको छ।

ईयू प्रमुख भोन डेर लेयनले भनिन्, “यसको उद्देश्य हाम्रा युरोपेली उद्योगहरूका लागि छोटो, मध्यम र दीर्घकालीन रूपमा महत्वपूर्ण कच्चा सामानको वैकल्पिक स्रोतहरूमा पहुँच सुरक्षित गर्नु हो।”

चीनले अप्रिलदेखि केही निश्चित निर्यातका लागि लाइसेन्स आवश्यक गरेको छ। यसै महिना, चीनले अटो, इलेक्ट्रोनिक्स र रक्षा उद्योगका लागि म्याग्नेट बनाउन प्रयोग गरिने दुर्लभ खनिज प्रविधिको निर्यातमा नयाँ नियन्त्रणको घोषणा गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरङ्ग सिर्जना गरेको छ।

भोन डेर लेयनले निर्भरता कम गर्ने ईयूको योजनाको महत्त्वपूर्ण सुरुआत पुनः प्रशोधनहुने बताइन्। उनले भनिन्, “केही कम्पनीहरूले ९५ प्रतिशत महत्वपूर्ण कच्चा माल र ब्याट्रीहरू रिसाइकल गर्न सक्छन्।”

उनले थपिन्, ईयू समूहले 'महत्वपूर्ण कच्चा पदार्थको उत्पादन र प्रयोगपछि गरिने पुनः प्रशोधन प्रक्रिया' मा पनि ध्यान केन्द्रित गर्नेछ र 'युक्रेन, अष्ट्रेलिया, क्यानाडा, कजाकिस्तान, उज्बेकिस्तान, चिली र ग्रीनल्याण्ड' जस्ता देशहरूसँग महत्त्वपूर्ण कच्चा माल खरिदका लागि साझेदारी गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ