arrow

सरकारले जेन-जीलाई एकीकरण हुने मौका नै दिएन [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
genz-united.jpg

काठमाडौँ । शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन-जी युनाइटेड समूहले आपत्ति जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जेन-जी युनाइटेडका अगुवाहरूले सरकारको विरोध गरेका हुन् ।

जेन-जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरूलाई सरकारले एकीकरण (युनिफिकेशन) हुने मौका नै नदिएको बताए। सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘हामी जेन-जीहरू आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरूलाई छोड्नुपर्यो । हाम्रो मागहरू छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो ।’

त्यस्तै, अर्का वक्ता मन्जना राईले जेन-जीले बनाएको सरकारले जेन-जीलाई नै टुक्रा-टुक्रा बनाउन चाहेको टिप्पणी गरिन् ।

‘हाम्रै आँखा अगाडि हाम्रा साथीहरूलाई लछारपछार गरेर लगिएको छ । जेन-जीले बनाएको सरकार छ । जेन-जीलाई नै टुक्रा-टुक्रा बनाउनको लागि बनाइएको सरकार हो त्यो ?’ प्रश्न गर्दै उनले भनिन् ।

आफूहरूले आइतबार पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सी देशैभरी नै रणनीति बनाएर अगाडि बढ्ने उनीहरूको भनाई छ ।

जेन-जी आन्दोलनका घाइते भूपेन्द्र खड्काले सरकारले जेन-जीहरूको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दवाउन खोजेको बताए ।

घाइते र शहीदहरूको रगतमा उभिएर बनेको सरकारले जेन-जीमाथि नै दमन गरिरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ