arrow

भारतसँग अष्ट्रेलिया निरीह, रोहित–कोहलीको कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
rohit-kohli-25-10-25.jpg
तस्बिर – गेट्टि इमेजेज ।

सिड्नी । भारतले एक दिवसीय क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई फराकिलो अन्तरले पराजित गरेको छ । 

सिड्नीमा भएको खेलमा भारत ९ विकेटले विजयी भएको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै घरेलु टिमले ४६.४ ओभरमा अलआउट हुँदै २३६ रन बनायो । भारतले एक दिवसीयमा लगातार १८ पटक टस हार्यो । 

माट रेन्शाले ५८ बलमा ५६ रन जोडे । त्यस्तै कप्तान मिचेल मार्शले ४१ तथा म्याथ्यु शर्टले ३० र ट्राभिस हेडले २९ रन जोडे । हर्षित रानाले ४ तथा वाशिंगटन सुन्दरले २ विकेट लिए । 

जवाफमा भारतीय दुई सफल सदाबहार ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीको कमालको ब्याटिङले भारतले ३८.३ ओभरमै १ विकेट गुमाएर जित हासिल गर्यो । 

 योसँगै सिड्नी मैदानमा भारतले एक दिवसमा तीन खेल जितेको छ । अष्ट्रेलियाले एक खेल बाँकी रहँदै श्रृंखला जितेकाले भारतले क्लिन स्वीप हुनबाट बचाएको छ । अष्ट्रेलियाले श्रृंखला २–१ ले जितेको छ । 

दोस्रो विकेटका लागि १६८ रनको अविजित साझेदारी गर्ने क्रममा रोहित शर्माले १२५ बलमा १२१ तथा विराट कोहलीले ८१ बलमा ७४ रन जोडे । सो क्रममा रोहितले ३ छक्कासमेत हाने । 

योसँगै विराट एक दिवसीयमा सबैभन्दा बढी रन बनाउने दोस्रो खेलाडी बनेका छन् । उनले १४ हजार २३४ रन बनाएका छन् । उनले ५४ रन बनाउना साथ श्रीलंकाका खेलाडी कुमार सांगाकारालाई पछि पारेका थिए । सांगाकाराको १४ हजार २३४ रन रहेको छ । 

रोहित तेस्रो खेलको प्लेयर अफ द म्याच तथा श्रृंखलाको प्लेयर अफ द सिरिज भएका छन् ।

भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरले सर्वाधिक १८ हजार ४२६ रन बनाएका छन् । 

रोहितले ३३ औँ शतक प्रहार गरे । उनी सबैभन्दा बढी रन जोड्ने तेस्रो भारतीय खेलाडीसमेत बनेका छन् । 

उनले २७६ एक दिवसीय खेलमा ११ हजार ३७० रन बनाएका छन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकरले १८ हजार ४२६ तथा विराट कोहलीले १४ हजार २३४ रन बनाएका छन् । 

रोहितले सौरभ गांगुली (११२२१ रन) लाई पछि पारेका हुन् । 

रोहित र विराटले सम्भवतः अष्ट्रेलियामा अन्तिम खेल खेलेका छन् । भारत र अष्ट्रेलियाबीच सन् २०२७ भन्दा अगाडि कुनै पनि खेल अष्ट्रेलियामा नखेलिने भएकाले पनि दुवैको अन्तिम खेल हुन सक्छ । 

दुवैलाई संन्यासको दबाब भइरहँदा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दुवैको इच्छा एक दिवसीय विश्वकप पछिमात्र संन्यास लिने रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ