arrow

जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुन्छन् : आईजीपी खापुङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
chandrakuber-khapung-igp.jpg

काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सो आन्दोलनको बहानामा अपराधिक कार्य पनि भएको उल्लेख गर्दै उनीहरूमाथि कारबाही हुने स्पष्ट पारे ।

प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिलाई प्रहरीले कुनै पनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए ।

जेनजी आन्दोलनपछि प्रहरीको मनोबल खस्केको भन्ने भनाइमा सत्यता नरहेको भन्दै प्रहरी महानिरीक्षक खापुङले जेन-जी आन्दोलनपछि प्रहरी स्थानीय जनताका सहयोगमा नै सबै चौकी पुनःस्थापना भएको बताए ।

उनले भने, ‘जेन-जी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरू पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो । र त्यो अपराधिक कार्य नै हो । त्यस्ता अपराधिक कार्यहरू दण्डित हुनुपर्छ । उनीहरू क्रमशः दण्डित हुन्छन् भन्नेकुरा यहाँहरू सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु । यो आन्दोलनपश्चात् आम रुपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो । तर प्रहरीको मनोवल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति आम वर्गको अपेक्षा ठूलो छ । तर ती सबैको अपेक्षा पूर्ति गर्नसक्ने अवस्था रहँदैरहँदैन । प्रहरीले त रोक्नुपर्ने हुन्छ । नो भन्नुपर्ने हुन्छ । कुनै पनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ ।’

प्रहरी महानिरीक्षक खापुङले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ